आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • प्रभु साहकी पत्नीको मेयर पद गयो

प्रभु साहकी पत्नीको मेयर पद गयो

  • मङ्लबार, अशोज ३०, २०८०
प्रभु साहकी पत्नीको मेयर पद गयो

काठमाडौँ— रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो ।

अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् । उनी एमाले छाडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।

चर्चामा

सम्बन्धित समाचार