शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खाद्य अधिकार सञ्जाल बाजुराद्धारा सांसदहरुलाई ११ बुदेँ ज्ञापन पत्र बुझायो

खाद्य अधिकार सञ्जाल बाजुराद्धारा सांसदहरुलाई ११ बुदेँ ज्ञापन पत्र बुझायो

  • सोमवार, अशोज २९, २०८०
खाद्य अधिकार सञ्जाल बाजुराद्धारा सांसदहरुलाई ११ बुदेँ ज्ञापन पत्र बुझायो

टेक बहादुर बुढा/बाजुरा– जिल्ला खाद्य अधिकार सञ्जाल बाजुराले जिल्लाबाट प्रतिनिधित्व गरेर गएका सांसदहरुलाई ११ बुदेँ ज्ञापन पत्र बुझाएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत जिल्लाबाट गएका संघ तथा प्रदेशका सांसदहरुलाई ज्ञापन पत्र बुझाएको हो ।
जिल्लामा तत्काल खाद्यान्नको व्यवस्था, यातायतको सहज पहुचँ लगायतका विभिन्न माग राख्दै ११ बुदेँ ज्ञापन पत्र बुझाएको जिल्ला खाद्य अधिकार सञ्जाल बाजुराका सचिव लक्ष्मीराज पाध्यायले बताएका छन ।
सरकारले हरेक जिल्लामा चाडपर्व लक्षित सुपथ मुल्यका पसल संचालन गरेपनि बाजुरामा भने सुपथ पसल सञ्चालन नगरेकोले तिहार लक्षित सुपथ पसल संचालन गर्नुपर्ने सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जिल्लाका केहि डिपो तथा बिक्री केन्द्रमा चामल नै नभएको र खाद्य संस्थान मार्तडीको कार्यालयमा ब्यानर मात्रै टाँसेर जनतालाई भ्रममा पारेको भन्दै सबै डिपोहरुमा चामल लगायत सुपथ पसलमा हुनुपर्ने सुचीका सबै खाध्य बस्तुहरुको व्यवस्था गरि तत्काल व्यबस्पन गर्न माग गरिएको फियान नेपालका सचिव मदनराज जैशीले बताएका छन ।
त्यस्तै गत असोज १६ गतेदेखि बझाङ केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट जिल्लामा गरेको क्षतिको वास्तविक तथ्यांक संकलन गरि पिडितलाई एकद्धार प्राणालीबाट रहत वितरण गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
बाजुराको मुक्तीकोट लगायतका दुर्गम गाउँहरु कुपोषणबाट ग्रसित नागरिकलाई खाद्य अधिकारको सुनिश्चित गरि स्वामिकार्तिकको छुद्धरी र रुढी क्षेत्रमा पानीको समस्या भएकाले तत्काल व्यवस्थापनका लागि पहल गर्न माग गरिएको जिल्ला खाद्य अधिकार सञ्जाल सचिव लक्ष्मीराज पाध्यायले बताएका छन ।
जिल्लाका विभिन्न बजारहरुमा सडकको समस्या बनाई कालो बजारी गरि उपभोक्तालाई महंगीको मारमा पार्ने काम भइरहेकाले आवश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाई दिन पनि ज्ञापन पत्रमार्फत अनुरोध गरेको छ ।
जिल्लाका कवाडी, स्वामिकार्तिक तथा कोल्टीमा चामलको अभाव भएकाले तत्काल खाद्यान्न डिपोहरुमा चामलको व्यवस्थापन गरि नागरिकको खाद्य अधिकारको रक्षा गर्न माग गरेको छ । त्यस्तै कोल्टीमा हवाई भाडादरमा अनियमितता र मार्तडी कोल्टी सडक खण्डमा मनोमानी रुपमा भाडा असुल्ने गरेकाले समस्याको् समाधानका लागि अपिल गरेको सचिव पाध्यायले बताए ।
त्यसैगरि संचारको पहुँचमा नपुगेका क्षेत्रमा तत्काल संचारको सुविधा गर्न र जिल्लाका हलिया, खलिया, वादी तथा भूमिहिन नागरिक तथा समुदायलाई तत्काल भूमि उपलब्ध गराउन लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सञ्जाल बाजुराले जनाएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार