आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिबिध कार्यक्रम गरि बाजुरामा पनि मनाइयो ४३ औं बिश्व खाद्य दिवस

बिबिध कार्यक्रम गरि बाजुरामा पनि मनाइयो ४३ औं बिश्व खाद्य दिवस

  • सोमवार, अशोज २९, २०८०
बिबिध कार्यक्रम गरि बाजुरामा पनि मनाइयो ४३ औं बिश्व खाद्य दिवस

बाजुरा– सदरमुकाम मार्तडी लगायत बिभिन्न बाजुरा जिल्लाका स्थानिय तहमा बिभिन्न कार्यक्रम गरी ४३ औँ अन्तर्राष्ट्रिय बिश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजना र बडीमालिका नगरपालिका कृषि शाखा, लगायत विभिन्न गैरसरकारी संघ सस्था संगको सहयोग र सहकार्यमा दिवस मनाइएको हाे । ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ सदरमुकाम मार्तडीमा बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको समन्वय तथा सहकार्यमा सो दिवस मनाएको गैसस महासघ बाजुराका अध्यक्ष कृष्ण अधिकारीले बताए ।

खाध्य दिवसको अवसरमा प्रत्यक वर्ष एक स्थानीय तहका २ जना गरि १८ जना अपाङ्ग अशक्त, गरिब बिपन्न, र भुकम्प बाट प्रभावित व्यक्तिलाई २५ सय बराबरको खाद्यान्न सामाग्री वितरण गरिएकाे कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिनप्रसाद जैशीले बताए ।  त्यसै गरी  उत्कृष्ट कृषकका रुपमा बडिमालिका नगरपालिका ७ का खडक धामीलाई नगद पाँच हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ । धामीले एक सिजनमा मात्रै १ लाख बराबरको बन्दा उत्पादन गरी आम्दानी गरेको र यसले कृर्षकको मनोवल बढाउने उदेस्यका साथ सम्मान गरिएको आयोजकले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख एवम् सूचना अधिकारी मिन प्रशाद जैशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार