शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • अछामको कमलबजार नगरपालिकामा १० दिनदेखि लगाइएको ताला अझै खुल्न सकेन

अछामको कमलबजार नगरपालिकामा १० दिनदेखि लगाइएको ताला अझै खुल्न सकेन

  • आइतवार, अशोज २८, २०८०
अछामको कमलबजार नगरपालिकामा १० दिनदेखि लगाइएको ताला अझै खुल्न सकेन

अछाम — अछामको कमलबजार नगरपालिकामा १० दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन्। नगर कार्यपालिकाले हालसम्म पनि बजेट पारित गर्न नसकेको भन्दै यही असोज १९ गते चार राजनीतिक दलले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए।

नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिष्ट पार्टी मालेले संयुक्तरुपमा ताला लगाएका हुन्। नगरपालिकामा भएको तालाबन्दीका कारण सेवाप्रवाह नहुँदा सेवाग्राहीलाई भने समस्या भएको छ। तालाबन्दी भएको १० दिन बितिसक्दा पनि समस्या समाधानको प्रयास नभएकोमा सर्वसाधारण आक्रोशित भएका छन्।

नगर प्रमुख यज्ञप्रसाद ढकालले प्रमुख विपक्ष दल नेकपा एमालेका कारण बजेट पारित हुन नसकेको बताए। नगरप्रमुख ढकालले आफु उपचार गर्न काठमाडौैँ गएका बेला उपप्रमुखले विज्ञापन बिनानै आफु निकटका १३ जना कर्मचारी राखेको र ति कर्मचारीको नियुक्ती नदिँदा विवाद भएको बताए। अछामका सबै पालिकामा बजेट पारित भएको भए पनि कमलबजार नगर कार्यपालिकाको भने बजेट पारित भएको छैन्।

चर्चामा

सम्बन्धित समाचार