शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • कोसी प्रदेशमा ‘महागठबन्धनले सार्थकता पायो : सभापति लामिछाने

कोसी प्रदेशमा ‘महागठबन्धनले सार्थकता पायो : सभापति लामिछाने

  • शनिबार, अशोज २७, २०८०
कोसी प्रदेशमा ‘महागठबन्धनले सार्थकता पायो : सभापति लामिछाने
फाइल तस्वीर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोसी प्रदेशमा एमालेको सहयोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबन्धनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी निर्वाचनसम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गर्न र चुनाव चिह्न पनि एउटै राख्न सुझाव दिएका छन् ।

उनले उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटर चाहिँ किन बेग्लाबेग्लै राख्नु भन्दै ढिला नगरी ‘महागठबन्धनवादी मोर्चा’ को घोषणा सभा बारेपनि सुन्न पाइयोस् भनेका छन् ।

उनले गत उपनिर्वाचनमा आफू र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठबन्धन’ले आज कोशीमा सार्थकता पाएको उल्लेख गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार