शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • मदन भण्डारी बाल आश्रमलाई गरे रेशम धामीले आर्थिक सहयोग

मदन भण्डारी बाल आश्रमलाई गरे रेशम धामीले आर्थिक सहयोग

  • शनिबार, अशोज २७, २०८०
मदन भण्डारी बाल आश्रमलाई गरे रेशम धामीले आर्थिक सहयोग

अर्थ जङ्ग शाही —बझाङको दुर्गाथलिमा रहेको एक बाल आश्रमलाई रेसम धामीले आर्थिक सहयोग गरेका  छन ।
छबिसपाथिभेरा गाउँपालिका ७ बुड्खोरी घर भएका धामीले दुर्गाथली गाउँपालिका –१ मा रहेको मदन भण्डारी बाल आश्रमलाई आर्थिक सहयोग गर्नुभएको हो । बाल आश्रममा बसिरहेका अनाथ बालबालिकालाई आफूले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको धामीले जानकारी दिएका छन ।

दसैँ तिहार निजिकीएसँगै आश्रममा भएका बालबालिकाको मुहार उज्यालो होस् भनेर सहयोग गरेको धामीको भनाइ छ।

लामो समय देखि सञ्चालनमा रहेको मदन भण्डारी बाल-आश्रमलाई आफ्नो तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुसी लागेको समेत धामीले बताएका छन् ।

दुर्गाथलीका एक स्थानीयले सञ्चालन गरेको मदन भण्डारी बाल आश्रममा अहिले १२ जना बालबालिका छन् ।
सहयोगी मन भएका धामी अहिले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

चर्चामा

सम्बन्धित समाचार