• होमपेज
  • समाचार
  • मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

  • शनिबार, अशोज २७, २०८०
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

काठमाडौँ —  मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।
हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको निर्देशक न्यौपानेको भनाइ छ । हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइँदै गरेको न्यौपानेले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार