सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोशी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै, सांसदहरूको हस्ताक्षर सनाखत गरिँदै

कोशी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै, सांसदहरूको हस्ताक्षर सनाखत गरिँदै

  • शनिबार, अशोज २७, २०८०
कोशी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै, सांसदहरूको हस्ताक्षर सनाखत गरिँदै

कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये को मुख्यमन्त्री बन्ने भन्ने छिनोफानो आज हुँदैछ ।

मुख्यमन्त्रीमा दुईजनाको दाबेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ देखि दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

माओवादीका आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङ्बोले बुझाएको पत्रमा राखिएको आफ्नो समूहका सांसदहरूको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार