काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको बताएका छन्। आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक अन्य दलमा राणा शासन कायम रहेको लामिछानेको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले बिहीबार संयुक्त रुपमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताएका हुन्। अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको लामिछानेले उल्लेख गरे।
उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको बताए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे।
आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने लामिछानेले उल्लेख गरे। सभापति लामिछानेले इजरायलस्थित नेपाली दुतावासले गैर आवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको बताए।