आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • बझाङ केन्द्रबिन्दु भएर मध्यराति भूकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर मध्यराति भूकम्पको धक्का

  • बिहिबार, अशोज २५, २०८०
बझाङ केन्द्रबिन्दु भएर मध्यराति भूकम्पको धक्का

काठमाडौं– बझाङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति भूकम्प गएको हो।

केन्द्रका अनुसार १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

बझाङसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्। भूकम्प गएपछि उनीहरु घरबाहिर निस्किएका थिए। बझाङमा असोज १६ गतेपछाडि ४ रेक्टरस्केलका १६ पटक गएको छ। ४ रेक्टरस्केलभन्दा मुनिका भूकम्पलाई भने राष्ट्रिय भूकम्प मापन केन्द्रले वेवसाइटमा राखेको छैन।

चर्चामा

सम्बन्धित समाचार