बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

  • सोमवार, अशोज २२, २०८०
बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

काठमाडौं —इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् ।

बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले अनलाइनखबरलाई बताए अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरे । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै बिपिनले भने, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’

प्रधानमन्त्रीलाई विपिन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे ।

प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे ।

प्रचण्डभन्दा अघि बोलेका परराष्ट्रमन्त्री एनपी साउदले इजरायल दुतावासका कर्मचारी सहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिए ।

दुतावासले एनआरएन प्रतिनिधिसहित उद्धार पहल गरिरहेको उनले बताए ।

बिपिनका अनुसार केही समयभित्र आफूहरुलाई तेल अभिब लैजान पहल भइरहेकाे दुतावासले बताएको छ । आफूहरु छिटोभन्दा छिटी उद्दारको पर्खाइमा रहेकाे उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड र बिपिनबीचको कुराकानी :

प्रधानमन्त्री : सुदूरपश्चिमको सबै विद्यार्थीहरुको नेतृत्व गरेको हो ?

बिपिन सुवेदी : हो हो हो ।

प्रधानमन्त्री : यहाँ रमेशजी (प्रधानमन्त्रीका स्वकीय)सँग तपाईँको लगातार कुरा भइरहेको थाहा पाइरहेको छु ।

बिपिन :हजुर ।

प्रधानमन्त्री : अहिले परराष्ट्रमन्त्रीसँग कुरा पनि भइ नै हाल्यो । हामी अस्ति देखि नै लगातार लागिरहेका छौं । स्थिति एउटा विस्तारै अवस्थामा आइरहेको छ । यही विषयको लागि अहिले क्याबिनेटको बैठक पनि बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । सायद अहिले परराष्ट्र मन्त्री स्तरमा पनि कुरा होला ।

यो सबै कुरा तपाईले त्यहाँ सबै विद्यार्थीहरुलाई कम्युनिकेट गरिदिनुपर्‍यो । ह्याभोक क्रियट गर्ने हुन्छन् ।

बिपिन :सबै जनालाई भन्दिइसकें ।

प्रधानमन्त्री : अँ अँ ।

बिपिन :अहिलेको अवस्थामा एकजोर कपडा र पासपोर्ट व्यागमा हालेर रेडि भएर बस्नुस् । केयर गर्नुस् भनें । सबै जना रेडि हुनुहुन्छ ।

प्रधानमन्त्री : थ्याङ्कु बीपीन जी । रमेश जीसँग कम्युनिकेसनमा बस्नुस् ल ।

बिपिन : हामीलाई छिटो भन्दा छिटो नेपाल फकाईदिनुस् ।

प्रधानमन्त्री : ल ल । हामी त्यो तयारी गरिरहेका छौं । सक्रियताको साथ गरिराखेका छौं । ल हस् त ल ।

चर्चामा

सम्बन्धित समाचार