बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • नेपालगन्जमा निषेधाज्ञा जारी

नेपालगन्जमा निषेधाज्ञा जारी

  • शुक्रबार, अशोज १९, २०८०
सेयर गर्नुहोस् :
नेपालगन्जमा निषेधाज्ञा जारी

बाँके– सामाजिक सञ्जालमा लेखिएको विषयमा विवाद उत्पन्न भएपछि नेपालगन्जमा जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका)का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख गरिएको छ ।

banke

चर्चामा

सम्बन्धित समाचार