बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • बझाङका भूकम्प पीडितको पुन:स्थापना र राहतका लागि सिंहदरबारमा छलफल

बझाङका भूकम्प पीडितको पुन:स्थापना र राहतका लागि सिंहदरबारमा छलफल

  • बिहिबार, अशोज १८, २०८०
सेयर गर्नुहोस् :
बझाङका भूकम्प पीडितको पुन:स्थापना र राहतका लागि सिंहदरबारमा छलफल

काठमाडौं– बझाङमा गएको भूकम्पबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकबाट भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल भइरहेको छ ।

बैठकले राहत, पुनःस्थापनालगायत विषयमासमेत निर्णय गर्नेछ । प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारीसमेत लिइसकेका छन्।

मङ्गलबार अपराह्न तीन बजेर ६ मिनुटमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ ।केही घाइते भएका छन् भने । धेरै घरपरिवार विस्थापित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार