बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना, भोलि म्याद थपिने

पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना, भोलि म्याद थपिने

  • शनिबार, अशोज १३, २०८०
पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना, भोलि म्याद थपिने

काठमाडौँ —लेनदेनको आरोपमा पक्राउ परेका नायक अनमोल केसीलाई भोलि म्याद थप गरिने भएको छ । अहिले उनी प्रहरी हिरासतमा नभएर अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले केसीलाई हिजो (शुक्रबार) साँगाबाट पक्राउ परेका हुन् ।

सुदर्शन थापाको ब्यानरको फिल्म रावायणको मुख्य भूमिकाको लागि अनुवन्ध भएर अनमोलले १० लाख रुपैयाँ अग्रिम बुझेका थिए । तर, उनी पछि विभिन्न बहाना बनाएर फिल्मबाट बाहिरिएका थिए ।

थापाको तर्फबाट उनकी श्रीमती सुप्रिया कटुवालले केसीविरुद्ध उजुरी दिएको बुझिएको छ । केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भएको जनाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार