शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • अनन्ते मेलाको अवसरमा आइतबार बडिमालिकामा सार्वजनिक बिदा

अनन्ते मेलाको अवसरमा आइतबार बडिमालिकामा सार्वजनिक बिदा

  • शनिबार, अशोज १३, २०८०
अनन्ते मेलाको अवसरमा आइतबार बडिमालिकामा सार्वजनिक बिदा

बाजुरा  —अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । बाजुरा जिल्लाका विभिन्न स्थान तथा बडिमालिका नगरपालिकामा बढि महत्वका साथ मनाईने स्थानिय पर्वको अवसरमा बिदा दिने निणर्य गरेको हो ।

विभिन्न वडामा लाग्ने दशै तिहार पछिको दोस्रो स्थानिय पर्व अनन्ते मेलाको अवसरमा आइतबार नगरपालिका भरीका स्थानिय तह अन्तरगतका सरकारी कार्यालय बिद्यालय तथा संस्थाहरुमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

बडिमालिका नगरपालिकाको २४ आँै कार्यपालिका बैठकको निणर्यानुसार नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सबैमा सार्वजनिक बिदा हुने नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन । हरेक बर्षको भाद्र शुक्ल पूणर्िमाका दिन लाग्ने अनन्ते मेला सदरमुकाम सहितका स्थानमा शुक्रबारबाट अनन्ते मेला सुरु भइसकेको छ ।

३ दिन सम्म लाग्ने अनन्ते मेलाको अन्तिम दिन महत्वपुणर् मानिने भएका कारण बडिमालिका नगरपालिकाले आइतबार अर्थात भोली सार्बजनिक बिदा घोषणा गरेको नगरपालिकाले जनाएको छ ।

May be an illustration of text

चर्चामा

सम्बन्धित समाचार