• होमपेज
  • देश
  • नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु

नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु

  • शुक्रबार, अशोज १२, २०८०
नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु

नवलपरासी– पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

विद्युतको खम्बामा बलिरहेको बत्ती निभाउने क्रममा करेन्ट लागेर रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवको मृत्यु भएको हो ।

आज बिहान रामग्राम–७ उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुईँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार