गत शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । हिजो उनी तिब्बतको ल्हासा पुगेका थिए ।
प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने छन् ।
कैलाश पर्वत र मानसरोवरको यात्राका क्रममा भ्रमण दलमा रहेका सदस्यहरू पनि सँगै रहने छन् । प्रधानमन्त्री दाहालले हिजो ल्हासामा विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकन गरेका थिए ।