• होमपेज
  • देश
  • काम थाल्नुअघि १५ मिनेट अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

काम थाल्नुअघि १५ मिनेट अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

  • बुधबार, अशोज १०, २०८०
काम थाल्नुअघि १५ मिनेट अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई बिहान कार्यालय सयम सुरु भए पछि १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र गरेको छ ।

मन्त्रालयले महाशाखाहरू अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०:१५ भित्र अनिवार्य १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ।

यस्तो योगाभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो। कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगाभ्यास गर्नुपर्ने भएको छ।

मन्त्रालयले मन्त्रायल विभाग र उपत्यकाभरिका कार्यालयहरूका लागि एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार