बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा आठ महिनामा ३२ जनामा डेङ्गु सङ्क्रमण

बाजुरामा आठ महिनामा ३२ जनामा डेङ्गु सङ्क्रमण

प्रदेशभर तीन जनाको मृत्यु, ८ सय सङ्क्रमित

  • बुधबार, अशोज १०, २०८०
बाजुरामा आठ महिनामा ३२ जनामा डेङ्गु सङ्क्रमण
फाइल तस्विर

बाजुरा— सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बाजुरामा गएकाे आठ महिनामा ३२ जनामा डेङ्गु सङ्क्रमण भएको छ । त्यस्तै प्रदेशभर भने साेहि समयावधीमा ८ सय ७७ जनामा डेङ्गु सङ्क्रमण देखिएकाे सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको बताएका छन ।

सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लामा रहेको स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ ।

गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेङ्गुको सङ्क्रमण यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हातखुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार