बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीको लम्की चुहा नगरपालिकाका एक युवक भारतमा ब्यपत्ता

कैलालीको लम्की चुहा नगरपालिकाका एक युवक भारतमा ब्यपत्ता

  • बुधबार, अशोज १०, २०८०
कैलालीको लम्की चुहा नगरपालिकाका एक  युवक भारतमा ब्यपत्ता

कैलाली —  कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ५ स्थायी घर भइ रोजगारीको सिलसिलामा भारतको सुरतमा बस्दै आएका धन बहादुर बिष्ट उर्फ (धर्म बिष्ट) ब्यपत्ता भएका छन।  खडक बहादुर बिष्ट र छत्र बहादुर बिष्टका माइला दाइ धन बहादुर बिष्ट उर्फ (धर्म बिष्ट) बिगत 3 दिन (आइतबारको दिन) देखि बेखबर भएकाे उनका आफन्तले बताएका छन।

४५  बर्षको उमेरका बिष्ट अन्दाजी ५.६ फिट उचाइ, गहुँ गोरो बर्णको वहाँ परिवारको सम्पर्कबिहिन रहेकाे  आफन्तले बताएका छन्। २ छोरी र एक छोरा रहेका बिष्ट सम्पर्कमा नहुँदा परिवारका सदस्य तनाबमा रहेका छन्।

उनका आफन्त कपिल रावलले भने  तिन दिन देखी आफन्त कँहा सबैठाउ खोजतलास गर्दा कहि कतै पत्तो नलागेपछि मिडियाको साहारा चाहिएको बताएका छन। सम्पर्क बिहिन बिष्टलाई कहि कतै देख्नु भयो भने नजिकैको पुलिस थाना वा भारतको सम्पर्क न: ९८७५ १४ ३०९ फोन गरेर सहयोग गरिदिन आफन्तले हारगुहार गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार