सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • विपन्नलाइ गोर्खा बोर्देस इजरायलको सहयोग 

विपन्नलाइ गोर्खा बोर्देस इजरायलको सहयोग 

  • मङ्लबार, अशोज ९, २०८०
विपन्नलाइ गोर्खा बोर्देस इजरायलको सहयोग 
बाजुरा–नेपालीहरुको संस्था गोर्खा बोर्देस इजरायले विपन्न परिवारलाइ आर्थिक सहयोग गरेको छ । आर्थिक अभाबमा उपचार अभाबमा रहेका तथा खाद्यन्न संकट भएका परिवारलाइ गोर्खा बोर्देस इजरायलले बडिमालिका फाउन्डेसन नेपाल मार्फत  १ लाख सहयोग गरेको छ । 
बाजुराको जगन्नाथ ३ का राजेन्द्र बहादुर सिंहलाइ १० हजार सहयोग गरिएको छ । कामको शिलशिलामा कतार पुगेका राजेन्द्र बिरामी भएका थिए । उनको उपचार खर्चका लागि १० हजार सहयोग गरिएको छ । त्यस्तै नुवाकोट बेलगोट नगरपालिका ३ का कृष्णहरी पुडासैनी १० हजार सहयोग गरिएको छ । उनि २०७२ को भुकम्पमा घाइते भएका थिए । अहिले उनि अर्धचेत अबस्थामा रहेका छन् । 
त्यस्तै मृगौला पिडित बाजुराको बुढिगंगा नगरपालिका २ का राम प्रसाद जैशी २० हजार सहयोग गरेका थिए । उनको भने उपचारका क्रममा केही दिन पहिला मृत्यु भइसकेको छ । बाजुराको गौमुल गाउँपालिका ४ कौडाकोट बस्ने जगत बुढाका परिवारलाइ २० हजार उपचारका लागि तथा खाद्यन्न सहयोग गरिएको छ ।  
उपचार अभाबमा अलपत्र बाजुराको बडीमालिका नगरपालिका ९ का शंकर डडाललाइ गाडिभाडा बाफत २० हजार सहयोग गरेकीएको छ । मृगौलामा पत्थरीया भएका बडीमालिका ५ का १२ बर्षिय ओमु मिजारलाइ उपचारमा गाडिभाडा बाफत १० हजार सहयोग गरेको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले वताएका छन् । शिक्षण अस्पताल काठमाडौमा उपचार गराइरहेका बडीमालिका नगरपालिका ८ बस्ने बिरामी प्रकाश बिकलाइ १० हजार सहयोग गरेको सिंहले वताएका छन् । 
गोर्खा बोर्देस इजरायलले नेपालका बिपन्न नागरिकलाइ लामो समय देखी सहयोग गर्दै आएको छ । लामो समय देखी दुखिपिडितलाइ सहयोग गर्दै आएको गोर्खा बोर्देस इजरायलकी सबु बर्देवाले बडीमालिका खबरलाइ बताएकी छन् । 

चर्चामा

सम्बन्धित समाचार