• होमपेज
  • देश
  • सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगमा उपाध्याय नियुक्त

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगमा उपाध्याय नियुक्त

  • मङ्लबार, अशोज ९, २०८०
सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगमा उपाध्याय नियुक्त

धनगढी — सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन्।

नेपाल सरकारका पूर्व सचिव उपाध्यायलाई मङ्गलबार आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो। उपाध्यक्ष उपाध्यायलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ। आयोगका अध्यक्ष एवं मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई शपथ ग्रहण गराएका हुन्।

उपाध्यायले नेपाल सरकारको सचिवको रुपमा प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगम कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय र उर्जा मन्त्रालयमा काम गरेको अनुभव छ। उपाध्ययको पुर्ख्यौली घर डोटीको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी हो।

चर्चामा

सम्बन्धित समाचार