• होमपेज
  • देश
  • माटोको ढिस्कोमा पुरिएर एक मजदुरको मृत्यु, दुई घाइते

माटोको ढिस्कोमा पुरिएर एक मजदुरको मृत्यु, दुई घाइते

  • मङ्लबार, अशोज ९, २०८०
माटोको ढिस्कोमा पुरिएर एक मजदुरको मृत्यु, दुई घाइते
संकेतिक/फाइल तस्बिर।

गुल्मीमा माटोको ढिस्कोमा पुरिएर एक मजदुरको ज्यान गएको छ। दुई जना घाइते भएका छन्।

रेसुङ्गा नगरपालिका–३, भाडगाउँमा निर्माणाधीन घरमा काम गरिरहेका बेला पहिरोको ढिस्को खस्दा प्युठान गौमुखी गाउँपालिकाका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नविन किशोर प्रधानले जानकारी दिए।

पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेल्बासे र प्युठान गौमुखी गाउँपालिकाका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको सदरमुकाम तम्घास स्थित गुल्मी अस्पतालमा उपचार भइरहेको छ।

शवलाई पोष्टमार्टमपछी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार