राष्ट्रियता र गणतन्त्र बाहेक रहर भएन,
रचनाहरू कसले पढ्यो त्यो खबर भएन।
देश र पर्वाशमा रहंदा सक्यसम्म लेखियो
तर जतिलेखे पनि लेखकको कदर भएन।
लाहुरे बनेर हात र खुट्टा कुहाएकै देखियो,
देशमा बसनलाई उनैको एउटा घर भएन।
क्रान्तिकारी प्रशिक्षण दिन्छन् नेताहरू ले,
भोका र नाङ्गालाई मर्ने कहिल्यै डर भएन।
कुन्दिन बलि चढ्छन् कुन अवसरबादीको,
पापी पेट कुनदिन् लिन्छ परान भर भएन।
गरिबका कथा सुनाएर सिखरमा पुगे नेता,
खोसियो सधै गरिबको धर्ती र सगर भएन।