• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा शान्ति सुरक्षाका लागि निरन्तर लागिरहन्छु – प्रजिअ पौडेल

बाजुरामा शान्ति सुरक्षाका लागि निरन्तर लागिरहन्छु – प्रजिअ पौडेल

  • सोमवार, अशोज ८, २०८०
बाजुरामा शान्ति सुरक्षाका लागि निरन्तर लागिरहन्छु – प्रजिअ पौडेल

बाजुरा– बाजुरामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बाजुरामा शान्ति सुरक्षा कायम गर्न पछि नहट्ने बताएका छन । सोमबार आयोजना गरिएको पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममामा प्रजिअ पौडेलले यस्तो बताएका हुन । जिल्लाबासीले भोग्नु परेका समस्या र दुःख पिडा समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन । प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुबिच भएको परिचयात्मक कार्यक्रममा प्रजिअ पौडेलले बाजुरामा विभिन्न समस्या रहेका भन्दै आफूले गर्न सक्ने पहल गर्ने बताएका छन ।
उपस्थित पत्रकार तथा संघ संस्थाका प्रतिनिधिहरुले प्रजिअ पौडेललाई स्वागत गर्दै बाजुराको शान्ति सुरक्षा, जिल्लाका खाद्य बिक्री केन्द्रमा तत्काल चामलको ल्याउनु पर्ने, बर्षाले बन्द भएका ग्रामिण सडक सञ्चालनका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन ।
त्यस्तै चार्ड पर्व नजिकिएकाले यस समयमा हुने कालो बजारी र महङगी कम गर्न बजार अनुगमन, पाण्डुसैन लगाएका ठाउँमा फलेको स्याउको ढुवानी गरि बजारसम्म पुर्याउन पहल तथा मार्तडी बजार क्षेत्रमा हुुने चोरी डकैती कम गर्ने सुरक्षा व्यवस्थामा कडाई गनुपर्ने सहभागीहरुले प्रजिअ पौडेलसंग अनुरोध गरेका छन ।
प्रजिअ पौडेलले बाजुरामा रहदासम्म आफुले गर्न सक्ने आवश्यक पहल र सम्बन्धित निकायलाई समस्या समाधानका लागि जिममेवार बनाउनका लागि विभिन्न निकायसंग समन्वय र सहकार्य गर्दै प्राप्त सुझावलाई ग्रहण गर्दै समाधानकामा निरन्तर लागिरहने बताएका छन । परिचयात्मक कार्यक्रममा प्रजिअ पौडेलसहित सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेना, विभिन्न संघ संस्थाका प्रतिनिधि एंव पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार