• होमपेज
  • देश
  • दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब बाहिरियो

दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब बाहिरियो

  • आइतवार, अशोज ७, २०८०
दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब बाहिरियो

काठमाडौँ —चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा वस्तु आयातबापत उक्त रकम बाहिरिएको हो ।

यद्यपि, यो गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा ५.०६ प्रतिशतले कम हो । गत वर्षको साउन र भदौ महिनामा विदेशबाट २ खर्ब ७३ अर्ब रुपैयाँ बाहिरिएको थियो ।

यस्तै, यस अवधिमा नेपालबाट २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ७.७९ प्रतिशतले न्यून हो । गत वर्षको दुई महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात नै खुम्चिएसँगै व्यापार घाटा समेत ४.७४ प्रतिशतले खुम्चिएको छ । दुई महिनाको अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ३३ अर्ब रुपैयाँ छ । गत वर्षको यही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब रुपैयाँ थियो ।

चर्चामा

सम्बन्धित समाचार