• होमपेज
  • देश
  • बालबालिकामा कुकुरको टोकाइ र स्वास्थ्य जोखिम

बालबालिकामा कुकुरको टोकाइ र स्वास्थ्य जोखिम

  • आइतवार, अशोज ७, २०८०
बालबालिकामा कुकुरको टोकाइ र स्वास्थ्य जोखिम

नेपालमा हरेक वर्ष रेबिजका कारण करिब ९ सय व्यक्तिको मृत्यु हुने गरेको छ । कुकुरको टोकाइबाट मर्नेमध्ये अधिकांश बालबालिका छन् । पशु स्वास्थ्य निर्देशनालयका अनुसार अघिकांश रेबिज भाइरस कुकुरको टोकाइबाट सर्ने गर्छ । शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक १५० जना कुकुरले टोकेका बिरामी उपचारका लागि आउँछन् । तर अस्पताल नआउनेको सङ्ख्या दोब्बर छ । भुस्याहा कुकुरभन्दा घरपालुवा कुकुरको टोकाइबाट अस्पताल आउनेहरूको सङ््या धेरै छ । कुकुर पाल्ने मात्रै होइन, कुकुरलाई लगाउने भ्याक्सिनदेखि सबै कुराको बारेमा ध्यान दिन जरुरी छ ।

नेपालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने ज्ञान धेरै व्यक्तिलाई छैन । जोकसैले रेबिजविरुद्धको भ्याक्सिन अनिवार्य लगाए राम्रो हुन्छ । सरकारले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क वितरण गर्दै आएको छ ।

विशेषज्ञहरूका अनुसार रेबिज भाइरसको सङ्क्रमण भएपछि पनि तुरुन्तै उपचार गरे केही समयसम्म ज्यान जोगाउन सकिन्छ । त्यसैले समयमै उपचार गर्नुपर्र्ने उनीहरूको सुझाव छ ।

सामान्यतः मानिसलाई टोकेको १० दिनमा कुकुर मर्ने गर्छ । त्यो समयभित्र अनिवार्य ३ वटा भ्याक्सिन लगाए रेबिज रोग निको हुन्छ ।

मानिसको सबैभन्दा नजिकको पशु मित्र कुकुरलाई मानिन्छ । तर के याद राख्नु आवश्यक छ भने कुकुरहरू पनि डराउन वा अत्यधिक उत्तेजित हुन सक्छन् । त्यो अवस्थामा तपाईं वा तपाईंको बच्चालाई आक्रमण गर्न सक्छ ।

यसरी रिसाएको कुकुुरले ठूलो मानिसलाई भन्दा बालबच्चालाई बढी टोक्ने गर्छ । त्यसैले वयस्कहरूको तुलनामा बच्चाहरू बढी जोखिममा छन् । यही कारण बालबालिका अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था बढी देखिएको हो ।

सामान्यतः कुकुरले कस्तो अवस्थामा बालबालिकालाई टोक्छ भन्ने कुरा पहिले नै थाहा पाउन सकिन्छ । कुकुरले टोक्नुका विभिन्न कारण हुन सक्छन् । कुकुरले टोकेका अधिकांश घटना ५ वर्षमुनिका बालबालिमा मैत्रीपूर्ण सम्बन्ध भएका कुकुरहरू छन् । तिनले निम्न अवस्थामा टोक्न सक्छन्–

–केही कुकुर साना बच्चाभन्दा आकारमा ठूला हुन्छन् । जसले गर्दा आफूभन्दा सानालाई श्रेष्ठता देखाउन टोक्न सक्छ ।

–परिवारको वा छिमेकको कुकुरसँग खेल्दा ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई टोक्छ भन्ने थाहा हुँदैन । बच्चाले रमाइलो रूपमा कुकुरको पुच्छर वा कपाल तान्न सक्छ । तर यसले कुकुरलाई बढी उत्तेजित भएर टोक्न सक्छ ।

–धेरैजसो बच्चाहरू कुकुरको नजिक जान्छन् । त्यसलाई जिस्क्याउन थाल्छन्, जनावरले प्रतिक्रिया र आक्रमण गर्न सक्छ ।

–बिरामी वा घाइते कुकुरले टोक्न सक्छ ।

–कुकुरले दौडिरहेको बच्चालाई आफ्नो शिकार ठान्दा उसलाई टोक्न सक्छ ।

कुकुरले टोक्यो भने के गर्ने ?

कुकुरले टोक्दा छालामा घाउ भएन वा उसको दाँतले कोतरेर घाउ देखिएन भने सामान्यतया डाक्टरलाई भेट्न आवश्यक छैन । तर प्राथमिक उपचारपछि चिकित्सकको सल्लाह लिनु र सावधानी अपनाउनु उत्तम हुन्छ । घरपालुवा कुकुरले बच्चालाई टोक्यो भने निम्न कुरामा ध्यान दिनुपर्छ ।

–सफा तौलियाले घाउमा दबाब दिएर रक्तस्राव रोक्न प्रयास गर्नुपर्छ ।

–टोकेको क्षेत्र सफा गर्न साबुन र पानी प्रयोग गर्नुपर्छ । केही समय बगेको सफा पानीमा डुबाइराख्नुपर्छ ।

–सुकाएर एन्टिबायोटिक मलम लगाउनुहोस् ।

–घाउमा कुनै खालको पट्टी वा गर्नु हुँदैन ।

कुकुरको टोकाइबाट बालबालिकामा हुने हानि

१. शारीरिक

कुकुरको टोकाइलाई सामान्य र गम्भीर चोटहरूमा विभाजन गर्न सकिन्छ । सामान्य टोकाइका लागि डाक्टरको चेकअप र आधारभूत प्राथमिक उपचार आवश्यक पर्छ । तर गम्भीर चोटपटकमा शल्यक्रिया आवश्यक पर्न सक्छ । प्रायः टाउको, घाँटी र अनुहारमा कुकुरले टोक्यो भने गम्भीर चोट लाग्न सक्छ । यी अङ्गमा स्नायु र हड्डीहरू सजिलै प्रभावित हुन्छन् । ती अङ्गका चोटको उपचार गर्न लामो समय लाग्न सक्छ ।

२. भावनात्मक

कुकुरले टोक्दा शारीरिक मात्र होइन बच्चालाई भावनात्मक चोट लाग्छ ।

कुकुरको टोकाइबाट बच्चाले अनुभव गरेको मानसिक पीडा जीवनभर रहन्छ । यसले कुकुर र अन्य घरपालुवा जनावरप्रति बच्चाको मनोवृत्ति सधैँ परिवर्तन गर्न सक्छ । बच्चालाई भावनात्मक आघातको लागि जाँच गराउन र परामर्श खोज्दा मद्दत गर्न सक्छ ।

उपचार विधि

प्राथमिक उपचारपछि थप जटिलताबाट बच्न चोट गम्भीर हो होइन भनेर डाक्टरसँग परामर्श लिनु राम्रो हुन्छ । चोटको गम्भीरताको आधारमा, डाक्टरले बच्चालाई टिटानस सस, एन्टिरेबिज भ्याक्सिन र आवश्यक परेमा एन्टिरेबिज इम्युनोग्लोबुलिन दिन सक्छन् । रेबिज खोपको मानक तालिका ०, ३, ७, १४ र ३० दिनमा दिइने छ डोज हो ।

यहाँ ० को अर्थ खोप सुरु भएको दिन हो । यसअघि खोप नलगएका मानिसलाई रेबिज भ्याक्सिनको १ एमएलको पाँच डोज दिनुपर्छ । यो ६ डोज कोर्सको पहिलो खुराक कुकुरले टोकेपछि सकेसम्म चाँडो दिनुपर्छ । त्यस दिनलाई पोस्ट–एक्सपोजर प्रोफिलैक्सिस शृङ्खलाको पहिलो दिन मानिन्छ । यसपछि बाँकी पहिलो डोजपछि तेस्रो, सातौँ, चौधौँ र अट्ठाइसौँ दिनमा दिनुपर्छ । सङ्क्रमण रोक्न वा नियन्त्रण गर्न, डाक्टरले एन्टिबायोटिक पनि सिफारिस गर्न सक्छ । चोटलाई पुनः निर्माण हुन शल्यक्रिया आवश्यक छ भने र खास गरी अनुहार वा घाँटीमा छ भने प्लास्टिक सर्जरी आवश्यक हुन्छ ।

रेबिजसँग सम्बन्धित खतरा

नेपालमा ठूलो सङ्ख्यामा कुकुर र बिरालोमा रेबिज प्रकोप हुने गरेको पाइन्छ । यी जनावरले टेकेमा उपचार सुरु गरी कुकुर वा बिरालालाई १० दिनसम्म निगरानीमा राख्नु पर्छ ।

बच्चालाई कुकुरको आक्रमणबाट सुरक्षित कसरी राख्ने ?

–पाल्तु कुकुर छनोट गर्दा कोमल प्रकृति भएको नश्ल भएको छनोट गर्नुपर्छ ।

– कुकुर वरपर हुँदा बच्चालाई कहिल्यै एक्लै छाड्नु हुँदैन । घरपालुवा कुकुर भए पनि टोक्दैन भनेर विश्वास गर्नु हुँदैन ।

–प्रेम व्यक्त गर्न अँगालो हाल्ने वा चुम्बन गर्ने गर्नु हुँदैन । किनभने यस्तो अवस्थामा अनुहार कुकुरको नजिक हुन्छ ।

–कुकुरले छाउराहरूलाई खाना खुवाउँदै गर्दा नजिक जानु हुँदैन ।

–बच्चालाई क्रोधित कुकुरसँग सतर्क हुन सिकाउनु पर्छ । कुकुरको व्यवहार मित्रवत् छैन भने उसलाई चुपचाप उभिन र तल हेर्न भन्नुपर्छ ।

–कुकुरहरू सुतिरहेको बेला वा खाना खाँदै गर्दा कहिल्यै पनि बाधा पुर्‍याउनु हुँदैन ।

–बच्चाहरूलाई अपरिचित कुकुरबाट टाढा रहन र तिनीहरूसँग नजिक हुन दिनु हुँदैन ।

–आफ्नो पाल्तु कुकुरलाई सिकाउनुहोस्, कि बच्चाहरू वरपर हुँदा सबै कुरा राम्रो हुन्छ ।

–आफ्नो कुकुरलाई बच्चा–मुक्त ठाउँ प्रदान गर्नुहोस् ता कि उसले केही समय एक्लै बिताउन सक्छ, जस्तै कुकुरको घर वा एकान्त क्षेत्र ।

–बच्चालाई कुकुरप्रति नमर हुन सिकाउनुपर्छ ।

–कुकुर यसको मालिकसँग छ भने नजिक जानुभन्दा अघि अनुमति लिनुपर्छ ।

–कुकुर मानिससँग खेल्न चाहेको र नचाएको सङ्केतबारे बच्चालाई भन्नुपर्छ ।

–घर वरपर घुम्ने छाडा कुकुरहरूलाई ख्याल गरिरहनु पर्छ र सम्बन्धित ठाउँमा रिपोर्ट गर्नुपर्छ ।

त्यस्ता कुकुर बच्चालाई टोकिहालेमा प्राथमिक उपचार गरी थप जाँचको लागि नजिकको अस्पताल वा क्लिनिकमा लैजानुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार