• होमपेज
  • समाचार
  • बझाङमा घरायसी विवादपछि हत्या

बझाङमा घरायसी विवादपछि हत्या

  • शनिबार, अशोज ६, २०८०
बझाङमा घरायसी विवादपछि हत्या

बझाङ — बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ स्थित घट्टे गाउँका ६० वर्षीय पुरुषको चक्कु प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

स्थानीय जैलु मण्डेललाई सोही गाउँका ५० वर्षीय बिजुली मण्डेलले घरमै गएर चक्कु प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

मदिरा सेवन गरेर शुक्रबार साँझ करिब साढे ७ बजे जैलुको घर गएका बिजुलीले सुरुमा आफ्नी श्रीमतीलाई कुटपिट गरेका थिए । जैलुले उनीहरुलाई छुट्टाएर घर पठाएको र त्यसलगत्तै बिजुली पुन: जैलुको घरमा आएर उनकै घरको भान्सामा रहेको चक्कुले पेटमा प्रहार गरेको मृतकका आफन्त शिवजी मण्डेलले बताए । चक्कु प्रहारपछि मृतकको घटनास्थलमै मृत्यु भएको स्थानीयहरूले बताएका छन् ।

बिजुली चक्कु प्रहारपछि फरार रहेका छन् । सामान्य घरायसी विवादका कारण हत्या भएको र मृतकको खोजीको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरतबहादुर शाहले बताए । अभियुक्त लुक्नसक्ने सम्भावित सबै ठाउँमा प्रहरी पुगिसकेको भन्दै छिट्टै पक्राउ पर्ने आशामा आफू रहेको डीएसपी शाहले बताए ।

चर्चामा

सम्बन्धित समाचार