मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • अछामकी २५ बर्षिय रमिता आर्थिक अभाबमा मृत्युसँग लड्दै

अछामकी २५ बर्षिय रमिता आर्थिक अभाबमा मृत्युसँग लड्दै

  • शनिबार, अशोज ६, २०८०
अछामकी २५ बर्षिय रमिता आर्थिक अभाबमा मृत्युसँग लड्दै
अछाम–अछामको पञ्चदेवल विनायक नगरपालिका ५ बस्ने २५ बर्षिय रमिता कुमारी रावल पैसा अभाबमा मृत्यु सँग जुधिरहेकी छन् ।
पाठेघर र ठुलो आन्द्राको क्यान्सर बाट पिडित रमिताको उपचारमा आर्थिक अभाब भएको दाजु धिरेन्द्र बहादुर रावलले वताएका छन् । 
सिभिल इन्जिनियर पढदै गरेकी उनि ४ महिना देखी क्यान्सर रोग बाट ग्रसित रहेकि छन् । परिवारले जेनतेन गरेर नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार गराइरहेका भएपनि आर्थिकको निकै समस्या परेको छ । उनलाइ चेकजाँच तथा उपचारका लागि आफन्तले भारतको दिल्ली समेत पुयाएका थिए । अहिले रमितालाइ किमो थेरापी साइकल मार्फत उपचार शुरु भइरहेको छ । 
एउटा साइकल किमो चलाइसकेको छ । अझै कम्त्तिमा ५ वटा साइकल चलाउनु पर्ने चिकित्सकले वताएका छन् । एउटा साइकल चलाउन तिस चालिस हजार बढी खर्च हुने गरेको छ । किमो चलाउदा आइसियु चाइने भएकाले बढी खर्च लाग्ने गरेको रमिताका दाजु धिरेन्द्रले वताए । किमो चलाउन त निकै समस्या परेको छ, अन्य उपचार तथा बेड चार्ज पनि धेरै आउने भएकाले उपचारमा गर्न निकै समस्या परेको उनले वताएका छन् । 
सिभिल सब इन्जिनियर पढेर सकेपछि उनि नेपालगञ्जमा डिप्लोमा सिभिल इन्जिनियर पढिरहेकी थिइन् । दोस्रो बर्ष पढिरहेकी उनि एकाएक बिरामी भएपछि पढाइ समेत छुटेको छ । पढाइ त बाचे पछि पढिहाल्थे पहिला कसरी बाच्ने भन्ने भएको रमिताले वताईन् ।
धेरै पैसा खर्च भइसकेको छ, अझै खर्च धेरै लाग्ने भएको छ उपचार पाए चिकित्सकले बाच्ने भनेका छन्, तर परिवार सँग पैसा नहुदा समस्यामा परेको उनले वताईन् ।
 
रमिताका दाजु धिरेन्द्र अहिले बहिनी बचाउनका लागि हारगुहार गरिरहेका छन् । रिन काढेर लाखौं खर्च गरिसकेका छौ, अब रिन पनि नपाइने अबस्था भइसकेको छ, बहिनी बचाउनका लागि उनले सबैलाइ हार्दिक अपिल गरेका छन् । पैसा ब्यबस्थापन गर्ने ठाउँ नभएपछि समस्यामा परेको धिरेन्द्रले वताए ।

चर्चामा

सम्बन्धित समाचार