• होमपेज
  • समाचार
  • सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

  • शुक्रबार, अशोज ५, २०८०
सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

काठमाडौं — सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए ।

केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति निकाल्छौ,’  अधिकारीले भने ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरि ऐन बन्नु पर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार