• होमपेज
  • देश
  • आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न एमालेले गरायो शिक्षामन्त्रीको ध्यानाकर्षण

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न एमालेले गरायो शिक्षामन्त्रीको ध्यानाकर्षण

  • बिहिबार, अशोज ४, २०८०
आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न एमालेले गरायो शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौं— नेकपा (एमाले) ले शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरुको जायज माग तत्काल सम्बोध हुने वातावरण तयार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलका सचेताक महेशकुमार बर्तौला नेतृत्वको एक टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेका थिए । उनले सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेका हुन् । उनले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्तक्षेप्रति ध्यानाकर्षण गराए । एमालेको टोलीसँग मन्त्री राईले आन्दोलनरत पक्षसँग छिट्टै वार्ताको माध्ययमबाट सहमितमा पुग्ने आश्वासन दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार