• होमपेज
  • समाचार
  • रामारोसन प्रवेश गराउन २५ देशका पर्यटकलाई गृहमन्त्रालयको अनुमति

रामारोसन प्रवेश गराउन २५ देशका पर्यटकलाई गृहमन्त्रालयको अनुमति

  • बिहिबार, अशोज ४, २०८०
रामारोसन प्रवेश गराउन २५ देशका पर्यटकलाई गृहमन्त्रालयको अनुमति

गृहमन्त्रालयले सुदूरपश्चिमको पर्यटकीय क्षेत्र रामारोशन प्रवेश गराउन २५ देशका पर्यटकलाई अनुमति दिएको छ। रामारोशन घुम्न आएका पर्यटकलाई स्थानीय प्रशासनले रोक लगाएको थियो। तर, गृहमन्त्रालयले विदेशी पर्यटकलाई रामारोशन प्रवेशमा कुनै अवरोध नगर्न भन्दै अनुमति दिएको हो।

गृहको आदेशपछि पर्यटकहरु रामारोशन भ्रमणमा निस्केका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख सन्तोष पाठकले गृह मन्त्रालयले यहाँ आइपुगेका पर्यटकलाई रामारोशन प्रवेशमा रोक नलगाउन र संकास्पद काम गर्नेलाई नियन्त्रणमा लिन भनेको छ। उनका अनुसार विदेशी पर्यटकको निगरानीका लागि प्रहरीको समूहसमेत रामारोशन क्षेत्रमा जानेछ।

३९ जना रामारोशन क्षेत्रमा पुगेर रोकिएका थिए। २२ जना अछाम प्रवेश गर्ने विभिन्न स्थानमा रोकिएका थिए। गृहको आदेशसँगै पर्यटकहरु रामारोशन क्षेत्रमा प्रवेश गर्न थालेको अछाम प्रहरीले बताएको छ। सामाजिक सञ्जालबाट जोडिएका विभिन्न देशका दुई हजार बढी पर्यटक रामारोशन घुम्न आउन लागेका हुन्। उनीहरु भारत, अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड, जापानसहित २५ देशका पर्यटक सो क्षेत्रमा पुगेका छन्।

तीन हजारभन्दा बढी विदेशी नागरिकले १ देखि २ महिनासम्म रामारोशन क्षेत्रमा बस्न चाहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। समुद्र सतहबाट करिब २५ सय मिटर उचाइमा रहेको रामारोशन क्षेत्र ‘१२ बण्ड, १८ खण्ड’ का नामले परिचित छ। १२ वटा ताल र १८ वटा घाँसे मैदान रहेको सो क्षेत्र करिब ५–७ किलोमिटर रेडियसमा फैलिएको छ। डेढ किलोमिटर क्षेत्रफलमा फैलिएको जिंगाले ताल छ भने एउटै घाँसेमैदान ७ सय रोपनीमा फैलिएको छ।

चर्चामा

सम्बन्धित समाचार