• होमपेज
  • देश
  • कार्यशैली सच्याउन सभापति देउवालाई शेखर कोइरालाको चेतावनी

कार्यशैली सच्याउन सभापति देउवालाई शेखर कोइरालाको चेतावनी

  • बुधबार, अशोज ३, २०८०
कार्यशैली सच्याउन सभापति देउवालाई शेखर कोइरालाको चेतावनी

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।

मंगलबार आफूपक्षीय नेताहरूको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।

उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरू आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिए।

जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् । सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार