• होमपेज
  • समाचार
  • सुदूरपश्चिमका तीन नाकाबाट भित्रिए पाँच सय ५५ श्रमिक

सुदूरपश्चिमका तीन नाकाबाट भित्रिए पाँच सय ५५ श्रमिक

  • सोमवार, अशोज १, २०८०
सुदूरपश्चिमका तीन नाकाबाट भित्रिए पाँच सय ५५ श्रमिक

पछिल्लो केहि दिनयता सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतबाट स्वदेश फर्कने श्रमिकको संख्या बढ्न थालेको छ। चाडपर्व नजिकिदै गर्दा कामका लागि भारतका विभिन्न सहर पसेकाहरु धमाधम सीमा नाका हुँदै स्वदेश फर्कन थालेका हुन्। सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) ले संकलन गरेको विवरणअनुसार आज मात्र प्रदेशसँग जोडिएका प्रमुख तीन नाका हुँदै पाँच सय ५५ नेपाली स्वदेश फर्किका छन्।

आज कञ्चनपुरको गड्डाचौकी नाका भएर एक सय ६, जुलाघाट नाका बैतडी भएर ३४ र सबैभन्दा बढी कैलालीको गौरीफन्टा नाका भएर चार सय १५ नेपाली स्वदेश फर्किका हुन्। पुलघाट नाका दार्चुला र जोलाजिमी नाका दार्चुलाबाट आज स्वदेश फर्कनेको संख्या शून्य छ।

सुदूरपश्चिमबाट कामको खोजीमा भारतका विभिन्न सहर पसेकाहरु अहिले चाड पर्व नजिकिदै गर्दा स्वदेश फर्कनेक्रम बढेको छ। पछिल्लो दुई सातायता भारतका विभिन्न सहरबाट प्रदेशका मुख्य पाँच नाका भएर स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ। कामको खोजीमा भारत पस्नेहरु चाडपर्व तथा खेतीपातीको समयमा फर्कने गरेका छन्।

स्वदेशमा रोजगारीको कुनै अवसर नहुँदा युवायुवती मात्र नभएर किशोर समेत कामका लागि भारतका विभिन्न सहर पस्ने गरेका छन्। साथै छोराछोरी पठाउन र परिवारको गुजरा चलाउनकै लागि भनेर पाको उमेरका ठुलो संख्यामा पुरुष समेत मौसमी श्रमका लागि भारत पस्नेक्रम वर्षेनि बढ्दो क्रममा देखिएको छ।

चर्चामा

सम्बन्धित समाचार