शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • लैङ्गिक हिंसामा स्वास्थ्य क्षेत्रको भूमिका सम्बन्धी ४ दिने तालिम सम्पन्न

लैङ्गिक हिंसामा स्वास्थ्य क्षेत्रको भूमिका सम्बन्धी ४ दिने तालिम सम्पन्न

  • आइतवार, भदौ ३१, २०८०
लैङ्गिक हिंसामा स्वास्थ्य क्षेत्रको भूमिका सम्बन्धी ४ दिने तालिम सम्पन्न

 बाजुरा– लैगिंक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्तर्गत अन्तर्गत जिल्ला अस्पताल र बडिमालिका नगरपालिकाका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत १२ जना स्वास्थ्यकर्मीहरुलाई लैङ्गिक हिंसामा स्वास्थ्य क्षेत्रको भूमिका कार्यदक्षतामा आधारित ४ दिने तालिम सम्पन्न भएको छ । जिल्ला अस्पताल बाजुराको आयोजना र आइपास नेपाल र युएनएफपिएको समन्वय तथा सहयोगमा सो तालिम सम्पन्न भएको हो ।
लैङ्गिक हिंसामा परेका व्यक्ति सर्वप्रथम उपचारको लागि अस्पताल वा स्वास्थ्य संस्थामा पुग्ने भएकोले उहाँहरुको पहिचान गरी गोपनीयता कायम गर्दै आवश्यक गुणस्तरीय स्वास्थ्य सेवा तथा परामर्श र उपयुक्त प्रेषण गर्न सक्षम बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आइपास प्रतिनिधि रमेश थापाले बताए ।
स्वास्थ्य संस्थाबाट लैङ्गिक हिंसामा परेका व्यक्तिले शारीरिक उपचार, मनोसामाजिक परामर्श, कानुनी परामर्श, चिकित्साजन्य प्रमाण सङ्कलन सेवा, सुरक्षित आश्रय र आवश्यकताअनुसार पुनर्स्थापना गर्ने सम्बन्धमा पनि ४ दिन सम्म छलफल भएको आइपास नेपालले जनाएको छ ।
यस तालिमले लैगिंक हिंसा समयमै पहिचान गर्न सक्ने क्षमता बढेको र लैगिंक हिंसा प्रभावितहरुलाई स्वास्थ्य लगायतका अन्य सेवा सजिलै पाउन सहयोग पुग्ने तालिमका सहभागी स्वास्थ्यकर्मीहरुले बताएका छन । यस तालिमको सहजीकरण डा रोशनी अमात्य, निशा रोकाय र विमला ओलीले गरेका थिए ।
नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । समान नागरिक, समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ ।
जिल्ला अस्पताल बाजुरा प्रमुख डाक्टर समिता पुनको अध्यक्षतामा संचालन भएको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमिल्सेना, अतिथिको रुपमा बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र साप्कोटा र आइपास नेपालको यस परियोजना प्रमुख डा रोशनी अमात्यको सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाई निसा रोकायाले संचालन गरेकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार