गरिबले प्राणको बली वाइहात चढायो,
जिवन अवसरबादलाई स्वगात चढायो।
बाउ लाहुरे सधैभरी छोरा खाडी पस्छन्,
खानको लागी पसिना दिनरात चढायो।
आएकै छ पक्कैपनि कसैलाई गणतन्त्र,
गरिबले बिदेशमै पौरखको खात चढायो।
जसले दलाली गर्यो र धन कमायो सधै,
गरिखानेले दुःख्खै दुःखको रास चढायो।
धेरैको समस्य उस्तै छ देशको नि उस्तै छ,
यो देशले इनाममा बिदेशी दाश चढायो।