सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • रारा कैलाश टुर्स एण्ड कर्णाली टेर्ल प्रालिको स्थानिय तहबाट पैसा असुल्ने यस्ताे धन्दा

रारा कैलाश टुर्स एण्ड कर्णाली टेर्ल प्रालिको स्थानिय तहबाट पैसा असुल्ने यस्ताे धन्दा

  • शुक्रबार, भदौ २९, २०८०
रारा कैलाश टुर्स एण्ड कर्णाली टेर्ल प्रालिको स्थानिय तहबाट पैसा असुल्ने यस्ताे धन्दा

बाजुरा– जिल्लाको उत्तरी क्षेत्रमा रहेको कर्णाली नदिमा र्‍याप्टीङ सेवा संचालनका नाममा रारा कैलाश टुर्स एण्ड कर्णाली टे्रल प्रालि कमाउ धन्दामा लागेको देखीएको छ । हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिका संग सम्झौता गरी पैसा लगिएको र त्यसको हिसाव किताव केही नबुझाएको पाइएको छ ।

No description available.
हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको आर्थिक बर्ष ०७८/०७९ को महालेखा प्रतिबेदनमा रारा कैलाश टुर्स एण्ड कर्णाली टे्रल प्रालिले सम्झौता गरी कार्य गरेको र सो को लाभाङस पालिकालाई नबुझाएको उल्लेख गरिएको छ । रारा कैलाश टुर्स एण्ड कर्णाली टे्रल प्रालि र हिमाली गाउँपालिका विच २०७६ साल पौष २० गते भएको सम्झौता अनुसार गाउँपालिकाबाट पैसामात्रै लिएको र सो रकमको आय बिय तथा प्रतिबेदन केही पनि नदिएको मलेपको रिर्पोटमा उल्लेख गरिएको छ ।

No description available.
    हिमाली गाउँपालिकाकाे मलेप  रिपाेट

रारा कैलाश टुर्स एण्ड कर्णाली टे्रल प्रालिले गाउँपालिकालाई ५१ प्रतिशत लाभाशं बुझाउनुपर्ने सम्झौता भएको भए पनि हाल सम्म कुनै पनि डकुमेन्ट फेला नपरेको मलेपको रिर्पोटमा उल्लेख गरिएको छ । सो रकमको ५१ प्रतिशतले हुन आउने रकम असुल गर्नुपर्ने मलेपको रिर्पोटमा उल्लेख गरिएको छ । त्यसै गरी रारा कैलाश टुर्स एण्ड कर्णाली टे्रल प्रालिले स्वामिकार्तिक खापर गाउँपालिकामा पनि सम्झौता गरी र्‍याप्टीङ सेवा संचालन गर्ने भनिएकोमा त्यहा पनि कुनै डकुमेन्ट फेला नपरेको महालेखाको रिर्पोटमा उल्लेख गरिएको छ ।

No description available.
 स्वामिकार्तिक खापर गाउँपालिकाकाे मलेप रिर्पाेट

हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको मलेप प्रतिबेदन अनुसार स्थानिय तहलाई समेत संकाको घेरामा राखेर के कती कारणले लाभाङस नलिएको भनिएको छ । सो प्रतिबेदन अनुसार रारा कैलाश टुर्स एण्ड कर्णाली टे्रल प्रालि र स्थानिय तहको मिलोमतो भएको आसंका समेत गरिएको प्रष्ट पारिएको छ ।

चर्चामा

सम्बन्धित समाचार