• होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाले भन्याे राती ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्नु

बडीमालिका नगरपालिकाले भन्याे राती ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्नु

  • शुक्रबार, भदौ २९, २०८०
बडीमालिका नगरपालिकाले भन्याे  राती ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्नु

बाजुरा– बडीमालिका नगरपालिकाले नगरबासीहरुलाई राती ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्न आग्रह गरेको छ । हरितालिका तिज पर्वसंगै मौलिक परम्परागत संस्कृति विग्रिने, शान्ति सुरक्षा खलबल हुने भएकोले राती तिज विशेष कार्यक्रम नगर्न आग्रह गरेको हो । राती अवेरसम्म हुने तिज विशेष कार्यक्रमले समाजमा नराम्रो सन्देश गएको जनगुनासो आएपछि नगरपालिकाले सूचना जारी भएको दिनदेखि राति ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्न आग्रह गरेको नगरप्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

नगरपालिकाले आग्रह गरेको सूचना अनुसार नगई आफ्नै तरिकाले ९ बजेपछि तिज विषेश कार्यक्रम गरेर कुनैपनि किसिमको दुर्घटना भएमा स्यमं जवाफदेहि हुनुपर्ने तथा कानुन अनुसार कारवाही समेत गरिने नगरपालिकाले जनाएको छ ।

तीज पर्वलाई व्यवस्थित र मर्यादित बनाउन सवै नगरबासीलाई बडीमालिकाले सार्वजनिक सूचना मार्फत अनुरोध गरेको हो ।  तीज पर्व नजिकिएसंगै विशेष गरी मार्तडी बजारका सार्वजनिक ठाउँहरुमा राती अवेरसम्म तीज विशेष नाचगान कार्यक्रमहरु हुँदै गएका छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार