शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • अपाङ्गता भएका तथा संकटासन्न ब्यक्तीको पहुँचमा आधारीत परियोजनाको आरम्भ

अपाङ्गता भएका तथा संकटासन्न ब्यक्तीको पहुँचमा आधारीत परियोजनाको आरम्भ

  • बिहिबार, भदौ २८, २०८०
अपाङ्गता भएका तथा संकटासन्न ब्यक्तीको पहुँचमा आधारीत परियोजनाको आरम्भ

बाजुरा– जिल्लाको बडिमालिका नगरपालिकामा अपाङ्गता भएका तथा संकटासन्न ब्यक्तीहरुको सामाजिक सेवाहरुमा पहुँच बृद्धि गर्न परियोजनाको आरम्भ गरिएको छ । बडिमालिका नगरपालिकाको हलमा एक औपचारीक कार्यक्रमका बिच सो परियोजनाको शुभारम्भ गरिएको जनाएको छ ।
ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशन र नेपाल सरकार समाज कल्याण परिषदसंगको सम्झौतामा अनुसार बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा सो परियोजना लागु हुने भएको छ । ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशनको आर्थिक सहयोगमा स्थानिय स्थरमा मानव संसोधन केन्द्र एचआरसी बाजुराको आयोजनामा सो परियोजना संचालन हुने भएको एचआरसी बाजुराका अध्यक्ष निर बहादुर शाहीले बताए ।
परियोजनाले अपाङ्गता भएका तथा संकटासन्न ब्यक्तीहरुको सामाजिक सेवामा पहुँच बृद्धि गर्न, अपाङ्गता भएका ब्यक्तीहरुको स्वास्थ्य पुर्नस्थापना, आर्थिक तथा बित्तिय समाबेशीकरण र जलबायू अनुकुलन तथा उत्थानशिल क्षेमता अभिबृद्धि गर्ने परियोजनाको उदेस्य रहेको ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशनले जनाएको छ ।
ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशनले बाजुरा जिल्लाको बडिमालिका नगरपालिका, जाजरकोट जिल्लाको भेरी र नलगाड नगरपालिका र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा सो परियोजना संचालन गर्ने ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशनले जनाएको छ । सो परियोजना सन २०२३ देखी २०२७ सम्म संचालन गरिने ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशनले जनाएको छ ।
बडिमालिका नगरपालिकाको सभा हलमा संचालन गरिएको सो कार्यक्रममा एचआरसी बाजुराका अध्यक्ष निर बहादुर शाहीको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख तुलसीराम रोकाया रहेका थिए । बिशिष्ठ अतिथिको रुपमा बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का उप प्रमुख नन्दा थापा रहेका थिए भने कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन एचआरसी बाजुरा निमित्त कार्यकारी निर्देशक रमेश सुनारले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार