बाजुरा– बाजुरा, मुगु, डोल्पा र हुम्लाका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा फाेर जि सेवा विस्तार गएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत यी ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरसँग जोड्न फोरजी सेवा सुरु गरेको हो ।
फोरजी सेवा सुरु गर्न एनसेलले गत सातामा बाजुराकाे सदरमुकाम समेत रहेकाे बडीमालिका नगरपालिकामा पनि सेवा बिस्तार गरेकाे जनाएकाे छ । एक महिना अगाडी सिमिकोट गाउँपालिका (हुम्ला) ठुली भेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), मा एक–एक गरी चार ओटा फोरजी बेस ट्रान्सिभर स्टेसन (बीटीएस) स्थापना गरेको छ ।