बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गणतन्त्र र देश दुबै खतरामा परेको वेला

गणतन्त्र र देश दुबै खतरामा परेको वेला

  • बुधबार, भदौ २७, २०८०
गणतन्त्र र देश दुबै खतरामा परेको वेला

सधै सिधान्त भित्र बसेर राम्रो व्यवहार हुनुपर्छ,
आफ्नै बर्गसँग सधै निस्वार्थ सिस्टचार हुनुपर्छ।

भनाई छ सिधान्त बिनाको व्यहार हुन्छ अन्धो,
व्यवहारले सिधान्त नमिचोस् होसियार हुनुपर्छ।

तर नेताहरूकै भनाई गराईमा फरक भयो भनी,
सचेत कार्यक्रता द्वारा नै सधै खबरदार हुनुपर्छ।

झोला बोकेर मात्र हुँदैन नेताहरूकै गुलाम बनी,
देश र जनताकै हितमा भावी करणधार हुनुपर्छ।

अरूलाई खराब भन्दैमा मयल जाँदैन आफ्नो,
आफ्नै आत्मा आलोचना पनि लगातार हुनुपर्छ।

अहिले गणतन्त्र र देश दुबै खतरामा परेको वेला,
देशभक्त र बलियो गणतान्त्रिक सरकार हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार