मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा स्याउले बजार पाएन, पशुचौपायालाइ खुवाउदै किसान

बाजुरामा स्याउले बजार पाएन, पशुचौपायालाइ खुवाउदै किसान

  • सोमवार, भदौ २५, २०८०
बाजुरामा स्याउले बजार पाएन, पशुचौपायालाइ खुवाउदै किसान

बाजुरा–बाजुरामा यो बर्ष स्याउ राम्रो सँग फलेपनि बजार नपाउदा किसान मर्कामा परेका छन् । बजार नपाएपछि स्याउ काटेर पशु चौपायलाइ खुवाउने गरेका छन् । बिक्रि नभएर बारिमै सडिने अबस्थामा पुगेपछि किसनाहरुले पशुचौपायालाइ काटेर खुवाउने गरेका छन् ।

बाजुराका गाउँका बगानमा स्याउ लटरम्म छ । हरेक बोटमा हाँगैं भाँचिने गरी स्याउका दाना झुलेका छन् । लटरम्म फलेर राताम्मे स्याउ बारीको दृश्य मनमोहक देखिन्छ । तर बजार भने नपाउदा किसानहरु मर्कामा परेका किसान धनलाल रोकायाले वताएका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिकाको पाण्डुसेन गाउँभरि स्याउ मनग्य फलेका छन् । पाण्डुसेनकै डेढ सयभन्दा बढी परिवारका स्याउबारी छन् । थोरै हुने परिवारका ५०/६० बोट छन् । पाण्डुसेनमा सबैभन्दा धेरै स्याउबारी भएका पुरबहादुर रावतका साढे तीन हजार बोटमा स्याउ फलेका छन् ।

पाण्डुसेनमा बाटोमा ओहोरदोहोर गर्ने यात्रीहरुले बोटबाटै रोजिछानी स्याउ किनिरहेका हुन्छन् । बाजुरामा धेरै स्याउ उत्पादन हुने अर्को ठाउँ स्वामीकार्तिक खापर गाउँपालिकाको जुकोट हो । जुकोटका लेकमा पनि यतिबला स्याउहरु हाँगै भाच्चिने गरि फलेका छन् । जुकोटका ७० भन्दा बढी किसानमा स्याउबारी छन् । स्थानीयका अनुसार कम्तीमा दुई सय बोट त सबै परिवारका छन् । बजार नपाउदा पशुचौपायालाइ खुवाउनु पर्ने अबस्था रहेको स्थानिय धनसरा शाहिले वताईन् ।

त्यस्तै जगनाथ गाउँपालिका लेकालि भेगमा पनि लटरम्म स्याउ फलेका छन् । त्यहाँको अबस्था पनि उस्तै रहेको गाउँपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् ।

झण्डै साढे तीन हजार बोटमा लटरम्म फलेका स्याउ बिक्री नभएर कुहिएर जाने चिन्ता रहेको पुरबहादुर रातवले वताएका छन् । उनको बगैचामा पुरानासहित नयाँ–नयाँ जातका स्याउ फलेका छन् । गोल्डेन, रोयल, गोल्डेन डेलिसियस, गाला, फुजीलगायत उनको बारीमा प्रशस्त छन् । उनका अनुसार फुजी र गाला नयाँ गुणस्तरका स्याउ हुन् । ‘सबै गरेर करिब एक हजार क्वीन्टल स्याउ फलेको छ ।

बारीमा प्रतिकिलो ५० रुपैयाँमा स्याउ बिक्री गरिरहेको रावतले बताए । ‘सदरमुकाम मार्तडी र कोल्टीसम्म पु¥याउन पाएको भए पनि डेढ सय रुपैयाँ प्रतिकिलो बिक्री हुन्थ्थो,’ उनले भने ‘पाण्डुसेनबाट मार्तडी आउने कोल्टी जाने दुवैतिरको सडकमा पहिरो गएर लामो समयदेखि अवरुद्ध रहेकाले ती स्थानीय बजारसम्म पनि ढुवानी गर्न सक्ने अवस्था छैन । तराई वा काठमाडौंसम्म पु¥याउने त कल्पनै नगरौं, । काठमाडौंको एउटा तारे होटलले स्याउ माग गरिरहेको भए पनि ढुवानी गर्न कठिन भएकाले पु¥याउन सक्ने अवस्था नरहेको उनले बताए ।

उनका अनुसार पाण्डुसेनदेखि कोल्टी जाने सडकमा दानसाँघुलगायत दुई ठाउँमा सडक यातायात चल्न नसक्ने अवस्था छ भने सदरमुकाम मार्तडीतर्फ आउने सडकमा चार ठाउँमा पहिरो छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाभर झण्डै साढे तीन सय हेक्टरमा स्याउ खेती गरिएको छ । सरदरमा वार्षिक ७ सय मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार