काठमाण्डाै– भदौ ११ देखि बजेट शून्यता खेपिरहेको कोशी प्रदेशमा बजेट होलिडे अन्त्य गर्न सरकारले बजेटसम्बन्धी दुई अध्यादेश जारी गरेको छ।
प्रदेश सरकारले सिफारिस गरेको बजेट सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले जारी गरेका हुन्।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेश जारी गरिएको हो।
मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
जेठ ३१ गते जारी दुबै अध्यादेश भदौ १० गते निष्क्रिय भएका थिए। त्यसयता प्रदेशमा बजेट शून्यताको अवस्था थियो।