• होमपेज
  • देश
  • प्रदेश राजधानी सार्न नेताका आ–आफ्नै लबिङ, अब चौकीडाँडा की डडेल्धुरा?

प्रदेश राजधानी सार्न नेताका आ–आफ्नै लबिङ, अब चौकीडाँडा की डडेल्धुरा?

  • आइतवार, भदौ २४, २०८०
प्रदेश राजधानी सार्न नेताका आ–आफ्नै लबिङ, अब चौकीडाँडा की डडेल्धुरा?

धनगढी– तत्कालीन नेकपा सरकारको पालामा १२ असोज २०७५ मा प्रदेश सभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरी क्षेत्रमा बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने विषयलाई यतिबेला वहसमा ल्याएका छन भने यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले राजधानी गोदावरी नगरपालिकाकै चौकीडाँडामा बनाउन लबिङको नेतृत्व नै थालेका थिए। प्रदेश सभाले पारित गरेको राजधानी भीमदत्त राजमार्गको छेउमा पर्छ भने बलायरले नयाँ प्रस्ताव गरिएको क्षेत्र अत्तरिया बजारदेखि एक किलोमिटर पश्चिम (पूर्व–पश्चिम राजमार्गको छेउमा) पर्छ।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सांसद रहेका बलायरले चौकीडाँडामा ६५ बिघा जग्गा रहेको र त्यहाँ रूख पनि काट्न नपर्ने भएकाले राजधानी त्यहीँ सार्न प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रिपोर्ट दिइएको बताएका थिए। ‘६ वटा प्रदेशको राजधानी बनिसक्यो।

हाम्रो सुदूरपश्चिमको गोदावरीमा बनेन। अब चौकीडाँडामा संसद् भवन मात्रै भए पनि बनाइयोस् र केन्द्रले चाँडै डिपिआर गरिदेओस्,’ सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्षको बजेटको पुर्वसन्ध्यामा यसअघि संघीय सांसदको रायसुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा बलायरले भनेका थिए।

‘तेघरी राजधानीका लागि उपयुक्त छैन, त्यहाँ रूख काट्नुपर्ने हुन्छ भने भावर क्षेत्र हो,’ उनले भने, ‘चौकीडाँडामा खोलानजिकको जग्गा हो, त्यहाँ सामुदायिक वन भए पनि खासै रूख छैनन्, हैसियत बिग्रिएको जंगल हो।’ बलायरले आफु कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए निर्वाचित भएको ६ महिनाभित्रै गोदावरीमै राजधानी निर्माण गरेर देखाउने भन्दै मतदाता समक्ष भोट मागेका थिए।

चर्चामा

सम्बन्धित समाचार