बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जिवन उदायो अस्तायो अवसेष बिचार बन्यो

जिवन उदायो अस्तायो अवसेष बिचार बन्यो

  • शनिबार, भदौ २३, २०८०
जिवन उदायो अस्तायो अवसेष बिचार बन्यो

जिवन उदायो अस्तायो अवसेष बिचार बन्यो,
वास्तबमा यादगार मात्र उस्को व्यवहार बन्यो।

सोध्यो माटाले त्यो खरानी सँग बता योगदान,
खै त्यसैमा कतै दुबो कतै पातीको झार बन्यो।

राजनीति अहिले राजनीति जस्तै भयन साथी,
पेसाको लागी नै पेसेवर बनेपछि वेकार बन्यो।

आमूल परिवर्तन चाहाँनेहरू झोले नबनौँ अब,
काम गरौँ सानोतिनो देशलाई ठुलो भार बन्यो।

आमूल परिवर्तनको लडाई दृघाकालिन हुनेछ,
बिधिको बिधान एकातिर नीति व्यापार बन्यो।

हाम्रो देश आर्कैछ र सामाजिक ढाँचा आर्कै छ,
त्यसैले देशको नेतानै देश बेच्ने ठेकेदार बन्यो।

चर्चामा

सम्बन्धित समाचार