• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका सीडीओ खड्काकाे सरुवा, भिमाकान्त पाैडेल आउदै

बाजुराका सीडीओ खड्काकाे सरुवा, भिमाकान्त पाैडेल आउदै

  • शुक्रबार, भदौ २२, २०८०
बाजुराका सीडीओ खड्काकाे  सरुवा, भिमाकान्त पाैडेल आउदै

बाजुरा– गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काकाे पनि सरुवा भएकाे छ । पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल  बाजुराकाे सिडियाेमा सरुवा भएका छन ।

गृहमन्त्रालयले सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओको सरुवा गरेको छ। आज (शुक्रबार) गृहले सुदूरपश्चिमका डडेल्धुरा र बाजुरामा नयाँ सिडिओ पठाएको हो। गृह स्रोतका अनुसार अञ्जन न्यौपानेलाई डडेल्धुराको सिडिओमा सरुवा गरिएको छ। यस्तै भीमकान्त पौडेललाई बाजुरा पठाइएको हाे ।  अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सीडीओका रुपमा खटाइएको छ।

त्यसै गरी  इलाका प्रशासन कार्यालय, कटारीमा कार्यरत उपसचिव चेतराज बरालालई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय, भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार