मान्छे आफै ढुङ्गालाई मन्दिर भित्र सझायो,
आफ्नो सारा ध्यायन तस्विर भित्र सझायो।
त्यसैमापनि मानिसको स्वार्थ लुकेको हुन्छ,
कल्पनाकै प्रोफाइल नै सरिर भित्र सझायो।
जन्मदाता पालनकर्ता भुसुक्कै बिर्षियो ऊ,
उनैलाई वृद्धाश्रमको जन्जिर भित्र सझायो।
आराधना गर्छन् आफुले बनाएको मूर्तिमा,
आफुले आफैलाई सधै भिर भित्र सजायो।
कविले सपनामापनि सच्चाई ओक्लिन्छन्,
संसारको नाटकले नै लकिर भित्र सजायो।
गर्यो स्वर्ग नर्क पाप धर्मका कुरा जनता मा,
आफै लगायो अबिर र अमिर भित्र सझायो।