शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • निजामती सेवा दिवस : सिंहदरबारमा रमझम, स्थानीय तहमा बहिस्कार

निजामती सेवा दिवस : सिंहदरबारमा रमझम, स्थानीय तहमा बहिस्कार

  • शुक्रबार, भदौ २२, २०८०
निजामती सेवा दिवस : सिंहदरबारमा रमझम, स्थानीय तहमा बहिस्कार
तस्विर : अनलाइन खवर

बाजुरा– ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २० औं निजामती सेवा दिवस, २०८० आज मनाइँदै छ । तर संघका कर्मचारीहरुलाई जस्तै समान व्यवहार नगरिएको भन्दै स्थानीय तहका कर्मचारीहरुले भने निजामती सेवा दिवस बहिस्कार गरेका छन् । त्यसको जानकारी उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेरै दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई निजामती सेवा दिवस मनाउन सर्कुलर गरेको थियो । तर प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवा सुविधा तथा वृद्धि विकासको सुनिश्चितता नभएको भन्दै स्थानीय तहका कर्मचारीहरुले दिवस बहिस्कार गरेका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

विभेदयुक्त व्यवस्था सहितको विधेयक संशाेधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाएर बहिस्कार गर्ने घोषणा गरेका छन् । उनीहरुले विरोधस्वरुप कालोपट्टी बाँधेर काममा खटिने निर्णय गरेका छन् ।

हरेक वर्ष भदौ २२ गते मनाइने यो दिवसमा प्रभातफेरी, कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रम गरिन्छ । दिवसको अवसरमा आज पनि सिंहदरबारमा औपचारिक समारोह आयोजना गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको संयोजक मुख्य सचिव हुन्छन् ।

No description available.
बाजुराकाे बडिमालिका नगरपालिकाका कर्मचारीले बुझाएकाे ज्ञापन पत्र

चर्चामा

सम्बन्धित समाचार