मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

मुख्यमन्त्री थापा पदमुक्त

  • बिहिबार, भदौ २१, २०८०
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

काठमाडौं — सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ ।

साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

सर्वोच्चको यो आदेशसँगै अब नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।  धारा १६८ (३) अनुसार बन्ने मुख्यमन्त्रीले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।  विश्वासको मत लिन नसके पुन: अर्को सरकार गठन प्रक्रियामा जानुपर्ने हुन्छ । प्रदेशमा एमाले ठूलो दल हो ।

 

चर्चामा

सम्बन्धित समाचार