बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सडकमा असमान सन्धिकै बिरोध गर्छन

सडकमा असमान सन्धिकै बिरोध गर्छन

  • बिहिबार, भदौ २१, २०८०
सडकमा असमान सन्धिकै बिरोध गर्छन

सधै देश अचानो बनाए र सिकार खेल्छन्,
जनताको भविश्य सँग बारम बार खेल्छन्।

आफुलाई नेता भनौदा देश विदेशमा सधै,
युवाहरूको बली चडाएर व्यापार खेल्छन्।

उस्तैछन् योदेशका पनि बुद्धिजिवी भनौदा,
बोक्छन् झोला नेताको र मारामार खेल्छन्।

भन्छन् आफुले आफैलाई सर्वहाराका नेता,
पलाटिङ्ग गर्छन् र जुवाकै सञ्चार खेल्छन्।

धन् को लोभ सिर चडेर बोल्छ उनिहरूको,
व्यबहार हेर्दा व़ाकलाग्ने यो आधार खेल्छन्।

सडकमा असमान सन्धिकै बिरो गर्छन सधै,
सदनमा पुगेपछि उनैले त्यो करार खेल्छन्।

चर्चामा

सम्बन्धित समाचार